कामपा वडा नं ३ सल्लाघारी धारापाटी स्थित तत्कालिन महेन्द्र बाचनालय रहेको स्थानमा २०५४ सालमा मन्दिर निर्माण गरी बगलामुखी देवीको स्थापना गरिएको र २०५९ सालमा सोही मन्दिर परिसरमा सप्तऋषि स्थापना गरिएको छ । उक्त मन्दिरको दक्षिण तर्फ दुइ तले कृयापुत्री भवन पनि निर्माण भएको छ । यसको संरक्षण व्यवस्थापन उक्त स्थानमा रहेको चुनदेवी उपकार संघले गर्दै आएको छ ।