संस्था सन्चालनमा देखिएका समस्याहरुः
यस संस्थाको खास समस्या आर्थिक पक्षसंग गासिएको छ । संस्था स्थापनाको लामो समय पार गरेर पनि आफ्नै भवनको अभावमा स्थायी कार्यालय स्थापना गर्न नसकेको पीडाबाट २०६४ साल देखि मुक्ति पाएको छ । अक्षय कोष र निश्चित आय स्रोत नहुनाले चाहेर पनि कार्यक्रमहरु व्यापक रुपमा सन्चालन हुन सकेका छैनन् । संस्थाको स्थायी कार्यालय स्थापना संगै धेरै समस्या समाधान हुदै जाने अपेक्षा गरिएको छ ।