२०३५ मंसिर १२ गते बुधवारका दिन विधिवत रुपमा यस बाँसबारी क्षेत्रका ३८ घर परिवारका व्यक्तिहरु भेलाभई "समाज कल्याण कोष" को स्थापना गरि संस्था स्थापनाको श्रीगणेश गरिएको थियो । यस बाँसबारी क्षेत्रमा निम्नानुसारका कार्यहरु गर्ने उद्देश्य उक्त कोषले    लिएको थियो ।

  • यस क्षेत्रमा सफा सुग्घर गर्ने, बाटो, पानीघाट, धारा कुवा, पाटी पौवा वनाउने र तिनको मर्मत संभार गर्ने तथा घाट खर्च आदि गर्ने ।
  • पूजा, पाठ, सप्ताह, पुराण आदिको व्यवस्थित रुपमा आयोजना र सन्चालन गर्ने ।
  • खेलकुदको लागि चाहिने आवश्यक व्यवस्था र अन्य वौद्धिक विकाससंग सम्वन्धित विविध कार्य गर्ने ।
  • सदस्य परिवारमा कसैको मृत्यु भएमा आर्थिक सहयोग गर्ने ।
  • सदस्य परिवारका घरमा आयोजना हुने सामाजिक, धार्मिक कार्यहरुमा सवै सदस्यहरु उपस्थित भई सहयोग गर्ने ।