माथि नै पृष्ठभूमि खण्डमा संस्थाको क्रियाकलाप सम्वन्धमा पनि केही उल्लेख भै सकेको छ । शुरुमा सीमित कार्यमा केन्द्रीत रहेको संस्थाले औपचारिक रुपमा सम्वन्धित निकायमा दर्ता भै कार्य गर्न थालेदेखि आफ्नो कार्यक्रमलाई साधारणसभाबाट पारित गर्राई वाषिर्क रुपमा विविध कार्यहरु सन्चालन गर्दै आएको छ । आवश्यकता अनुरुप हरेक वर्ष वार्षिक कार्यक्रममा केही भिन्नता भए पनि स्थानीय देवी देवताका पूजाआजा, सरसफाई, मर्मतसंभार, मठ-मन्दिर निर्माण, सांस्कृतिक सम्पदताहरुको संरक्षण, आदि र धार्मिक कृत्य जस्ता प्रत्येक वर्ष गरिने कार्यहरुको साथै नयाँ विकास निर्माणका क्षेत्रमा समेत संस्थाको संलग्नता बढेको छ ।

यसैगरी यस संस्थाले आफ्ना कार्य सन्चालनमा एकरुपता र सरलता ल्याउन बिधानको अधिनमा रही "चुनदेवी सहयोगी संस्था नियमावली, २०४७" तयार गरी लागु गरेको छ । खास गरी सोही नियमा वलीमा तोकिए अनुसार र समय समयमा साधारण सभाले निर्दिष्ट गरेका नीति नियम भित्र रही आफ्ना दैनिक कार्य सन्चालन गर्ने गरेको छ ।

संस्थाले हालसम्म सम्पन्न गरेका कार्यहरुः

चुनदेवी सहयोगी संस्थाले हालसम्म निम्नानुसारका कार्यहरु सम्पन्न गरेको छ ।

 सामाजिक कार्यः

  • संस्थाका सदस्य परिवारमा परेको सामाजिक कार्य (विवाह व्रतवन्ध, सप्ताह, आदि) मा सदस्यहरु उपस्थित भै सहयोग पुर्‍याउँदै आएको ।
  • संस्थाका सदस्य परिवारहरुको मृत्युमा सदस्यहरु उपस्थित भै दाह संस्कार गर्ने कार्य लगायत आवश्यक घाटखर्चको लागि आर्थिक सहयोग प्रदान गर्दै आएको ।
  • संस्था परिवारका घरमा साधारण भोज भतेरको लागि आवश्यक पर्ने भाँडाकुँडा खरीद गरि सहुलियत दरमा भाडामा दिंदै आएको । मृत्यु संस्कार मा बस्ने क्रियापुत्रीको लागि आवश्यक पर्ने राडि पाखीहरु संस्थाका सदस्यहरुलाई निःशुल्क उपलव्ध गराउँदै आएको ।
  • विविध कार्यक्रमहरु (जेष्ठ सदस्य सम्मान, वध्यालय स्तरीय कविता प्रतियोगिता, विध्यार्थी सम्मान) गरी संस्थाको वाषिर्क उत्सव मनाइँदै आएको ।
  • संस्था परिवारका सदस्यहरु सम्मिलित पारिवारिक वन भोज कार्यक्रमको आयोज नागरेको ।
  • संस्था परिवारका जेष्ठ सदस्यहरु तथा प्रवेशिका परीक्षा उत्तर्तीण हुने संस्था परिवार र सहयोगदाताका छोराछोरीहरुलाई सम्मान गर्ने कार्यको थालनि गरिएको ।

 विकास निर्माण तथा मर्मत संभार कार्यः

  • यस क्षेत्रको गाउँको वीच भागका गोरेटो बाटोहरुमा का.म.पा.३ वडा कार्यालय र स्थानीय व्यक्तिहरुको सहयोग लिई ढलहरु राख्ने कार्य गरेको ।
  • यस बाँसबारी क्षेत्रका गोरेटो बाटोहरुमा का.म.पा.३ वडा कार्यालय र स्थानी यव्यक्तिहरुको समेत सहयोग लिई इटा छापेको ।
  • सार्वजनिक धारा मर्मत गरि सो धाराराख्ने ठाउँ बनाएको ।
  • यस बाँसबारी क्षेत्रमा जीर्ण अवस्थामा रहेका मठमन्दिरहरु कलात्मक रुपमा पुनःनिर्माण र नयाँ निर्माण गरेको ।
  • यस क्षेत्रका सास्कृतिक सम्पदाहरुको संरक्षण र व्यवस्थापन गरेको ।

 धार्मिक कार्यः

  • परापूर्वकाल देखि सन्चालन हुँदै आएको यस क्षेत्रको ५ वटा मन्दिरमा बली पूजा र सरस्वती मन्दिरमा विना बलिपूजा गर्दै आएको ।
  • चतुर्मासपुराणहरु लगाउँदै आएको ।
  • कृष्ण अष्टमी जस्ता पर्वहरु मनाउँदै आएको ।
  • यस क्षेत्रका देव मन्दिरहरुमा दैनिक सरसफाई र पूजा आजा गर्ने गरिएको ।
  • लघु रुद्री लगाएको ।
  • प्रत्येक एकादशीमा एकादशी महात्म्य लगाएको ।

 वैदिक कार्यः

  • सामुहिक व्रतवन्ध कार्यक्रम सन्चालन गर्ने गरिएको ।
  • सामुहिक रुपमा तीज तथा पंचमी पूजा लगाएको ।

 वौद्धिक कार्यः

  • वार्षिक रुपमा संस्था स्थापना भएको महिनामा विद्यालयस्तरीय कविता प्रतियोगिता  सन्चालन गर्ने गरिएको ।
  • संस्था सदस्य परिवार भित्रका एस.एल.सि. उत्तिर्ण गर्ने विद्यार्थीहरु मध्ये उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई नगद पुरस्कार सहित सवैलाई वधाई (पत्र र पुरस्कार प्रदान गर्ने गरेको । छात्राको लागि बरिष्ठ वैज्ञानिक श्रीमतीशान्ति भट्टराईज्यूले र छात्रको लागि संस्थापक अध्यक्ष प्रा डा. मधुसूदन शर्मा वाग्लेज्यूले नगद पुरस्कार स्थापना गर्नु भएको छ । नेपाली विषयमा सर्वोत्कृष्ट अंक ल्याउने एकजनालाइ "मुकुन्द इन्दिरा नेपाली भाषा पुरस्कार" प्रदान गर्ने गरेके छ । यस पुरस्कारको स्थापना संस्थाका सदस्य श्री मुकुन्द प्रसाद आचार्य र इन्दिरा आचार्यले स्थापना गर्नु भएको हो । यसै गरी सामाजिक विषयमा सर्वोत्कृष्ट अंक ल्याउने एकजनालाइ "उषा थापा स्मृति सामाजिक शिक्षा पुरस्कार" प्रदान गर्ने गरिएको छ ।

 जन स्वास्थ्य र सर सफाई कार्यः

  • काठमाडौँ महानगरपालिकाको सहयोगमा सरसफाई कार्यक्रम सन्चालन गरेको र फोहरहरु एउटा भाँडोमा जम्मा गरि निश्चित स्थानमा फाल्नको लागि प्लास्टिकका वाल्टिनहरु निःशुल्क वितरण गरेको ।
  • का.म.पा. कै सहयोगमा तत्कालिन बाँसबारी छाला जुत्ता कारखाना अगाडि रहेको खाली जग्गामा हरियाली वढाउने उद्देश्यले वृक्षरोपण गरि तारवारको लागि पोलहरु गाडेको । हाल उक्त जग्गामा सहीद गंगालाल हृदय केन्द्रको सवारी साधन पार्किङ स्थल र सामुदायिक प्रहरीको भवन वनेको छ ।
  • का.म.पा. कै सहयोगमा यस क्षेत्रमा हरियाली बढाउने उद्देश्यले बाँसबारी स्थित यसटोलको उत्तर पाखोमा वृक्षरोपण गरेको र विभिन्न जातका विरुवाहरु उपलव्ध गरार्इ प्रत्येक सदस्य परिवारलाई आफ्नो जग्गामा कम्तिमा २ वटा विरुवा रोप्न अनुरोध गरेको ।
  • यस संस्थाले आफ्ना क्रियाकलापमा जन स्वास्थ्य र वातावरण पक्षलाई महत्व दिंदै तदनुरुप विविध कार्यहरु गर्दै आएको ।

 शारिरीक कार्यक्रमः

  • बालदौड प्रतियोगिता सन्चालन गरेको ।
  • व्याडमिन्टन प्रतियोगिता जस्ता खेलकूद कार्यक्रम सन्चालन गरेको ।

 विभिन्न तालीमहरु तथा महिलाको आर्थिक विकास कार्यक्रमः

  • यस संस्था र का.म.पा. ३ वडाको संयुक्त आयोजनामा यस क्षेत्रका महिलाहरुको सीप विकास गर्ने उद्देश्यले २ सत्रगरी ४७ जना महिला दिदी वहिनीहरुलाई निःशुल्क सिलाई तालीम प्रदान गरेको।
  • महिलाहरुलाई मासिक रुपमा केहीरक मवचतको रुपमा जम्मा गराई उनिहरुको आर्थिक र सामाजिक विकास गर्नको लागि महिलाहरु द्वारानै सहकारीको रुपमा सन्चालन र व्यवस्थापन गर्ने गरि "चुनदेवी महिला समाज कोष" स्थापना गरि सन्चालनमा ल्याएको र हाल सो कोषलाइ चुनदेवी उपभोक्ता सहकारी संस्था नामक सहकारी खोली सोही सहकारीमा मिलान गरी सन्चालनमा ल्याएको ।
  • प्रकोप व्यवस्थापन तालीम प्रदान गरेको ।
  • भान्छाबाट निस्कने फोहरहरुलाई गड्यौला प्रयोग गरि कम्पोष्ट मल बनाउने तालीम प्रदान गरेको ।
  • ऐतिहासिक "संबिधानसभा सदस्य निर्वाचन २०६४" सम्पन्न गराउनमा बाँसबारी क्लबको खेल मैदानमा रहेको मतदान केन्द्रमा मतदान केन्द्र निर्माण लगायत मतदान सम्पन्न गराउने कार्यमा विशेष सहयोग गरेको।

सम्मान कार्यक्रम

  • यस संस्थाले निर्माण गर्ने कार्यहरुमा आर्थिक तथा भौतिक सहयोग गर्नुहुने सहयोग दाताहरुलाई धन्यवाद-पत्र सहित सम्मान गरेको।
  • यस संस्थाको विकास र संस्थाका प्रत्येक कार्यक्रमहरुमा सहयोग गर्ने सस्था परिवारका सदस्यहरुलाई कदर-पत्र सहित सम्मान गरेको ।
  • संस्थाका पूर्व अध्यक्षज्यूहरुलाई उहाँहरुको योगदानको कदर स्वरुप सम्मान-पत्र सहित सम्मान गरिएको ।
  • यस संस्थाले धेरै वर्ष अगाडि देखि संस्था परिवारका जेष्ठनागरिकलाई ७५ वर्षदेखि माथिका सदस्य परिवाहरुलाइ सम्मान गर्दै आएकोछ । सम्मान कार्यक्रममा सम्मानित हुने जेष्ठ नागरिकहरुलाई थप सम्मान गर्ने उद्देश्यले का.म.पा. ३, ब्रम्हकटेज निवासी तथा यस संस्थाका सम्मानित सदस्य श्री दिपक के.सी.ज्यूले आफ्ना स्व. हजुर बुबा चन्द्रबहादुर (काका) के.सी. र स्व. पिता गजेन्द्र बहादुर के.सी.ज्यूको स्मृतिमा "चन्द्र गजेन्द्र स्मृति जेष्ठ नागरिक सम्मान पुरस्कार" स्थापना गर्नु भएको छ । उक्त पुरस्कार यस संस्थाको वाषिर्क उत्सवको अवसरमा यस संस्था परिवारका जेष्ठ नागरिकहरुलाई प्रदान गरिने छ । यो पुरस्कार चाँदीको सिक्का तथा नगदै प्रदान गरिने छ ।
  • महिला फूटबल खेलाडीहरुलाई सम्मान गरिएको ।
  • सामाज सेवा तर्फ उत्कृष्ट कार्य गर्ने समाज सेवी एक जनालाइ वार्षिक रुपमा समाज सेवा पुरस्कारबाट सम्मान गर्ने गरिएकाे । समाज सेवा पुरस्का २०७३ नामाकरणा भएकाे यस पुरस्कार यस संस्थाका सदस्य श्री विषम के‍सीबाट स्थापना भएकाे छ ।

 विविध कार्यः

  • दशैं उपहार कार्यक्रम सन्चालन गरेको ।
  • तिहारमा देउसी-भैलो कार्यक्रम सन्चालन गरेको ।
  • क्रियापुत्री घर तथा विविध सार्वजनिक स्थल निर्माण को लागि साविक २२ क को कि.न. २०५ र सो संग जोडिएको सार्वजनिक जग्गा प्राप्त गरी सो जग्गाको संरक्षण र सो जग्गामा निर्माण गरिने कार्यहरुको नाप नक्शा तयार गरिएको ।
  • रक्तदान कार्यक्रम सन्चालन गरेको ।