चुनदेवी मन्दिरः स्थानीय बाँसबारी स्थित सरकारी संरक्षणमा रहेको बाँसघारीवीचमा हाल खानेपानीको पानी प्रशोधन केन्द्रकोवीचमा) रहेको छ । करिव १ रोपनी जग्गा ओगटेको यस मन्दिर परिसरमा एक शिवलिङ र गणेश मन्दिर समेत स्थापना भएको छ । टोलवासी तथा अन्य क्षेत्रबाट समेत धार्मीक व्यक्तिहरु यस मन्दिरमा दर्शनार्थ आउंछन् । करिव १२९० वर्षभन्दा अघि लिच्छवी कालिन समयमा स्थापना भएको भनिने यो मन्दिरको मर्मत संभार समय समयमा हुदै आएको छ । विजया दशमी पछिको पूर्णिमाको भोलीपल्ट हाँडीगाउँमा सन्चालन गरिने जात्राको अघिल्लो दिन त्यस क्षेत्रका वासिन्दाहरु चुनदेवीमा आई वली सहितको पूजा गरी भोज खाई भोलीपल्ट हाँडीगाउँमा जात्रा सन्चालन गर्ने गरेको भनाई छ । हाँडीगाउँबाट पूजा भने अहिले पनि आउने गरेको पाइन्छ । यसरी नै चुनदेवीमा पहिले बाजागाजा सहित दरवारबाट समेत दशैमा पूजा ल्याइन्थ्यो भन्ने भनाईबाट पनि यसको महत्वको पुष्टि हुन्छ ।
ऐतिहासिक र महत्वपूर्ण मन्दिर हुँदाहुँदै पनि शैनिक परिसर र खानेपानीको संरचनाले गर्दा पूजाआजा र दर्शन गर्न जान भक्तजनलाई अप्ठ्यारोको स्थिति बनेको कारण ओझेलमा पर्न वाध्य रहेको छ यो मन्दिर ।
यस मन्दिरको विक्रम सम्वत् २०६० सालमा का.म.पा. ३ वडाका तत्कालिन वडाध्यक्ष श्री शरद विनोद अर्यालबाट मन्दिरको मर्मत संभार गर्ने क्रममा मन्दिर पूरै भत्काई मन्दिरको क्षेत्र अलिठूलो पारेर पूनः निर्माण गरी सो भन्दिर भित्रको दक्षिण पट्ट भागमा अष्टभुजाकार नवदुर्गाको नयाँ मूर्ति स्थापना र मन्दिर प्राङणमा ढुङ्गा छाप्ने कार्य भयो । का म पा ३ का तत्कालित वडाध्यक्ष श्री शरद विनोद अर्यालको समयमा कामपाद्वारा पूनःनिर्मित यस मन्दिरमा स्थापित अष्टभुजाकार नवदुर्गाको का.म.पा. का तत्कालिन प्रमुख श्री केशव स्थापितबाट विक्रम सम्वत् २०६० माघ २४ गते शनिवारका दिनबाट पूजारम्भ (उद्घाटन) भएको पाइन्छ ।
चुनदेवी सहयोगी संस्था परिवारले वाषिर्क गुठीको रुपमा होमहोमादी गरी वली सहितको पूजाआजा गर्ने गरेको छ ।
![]() |
