यस संस्थाको निम्नानुसारका कार्यक्रमहरु गर्ने मुख्य उध्येश्य रहेको छ -
सामाजिक कार्यः
- संस्थाका सदस्यको घरमा दैवी प्रकोप परेमा, कसैको मृत्यु भएमा ती सदस्यहरुको घरमा संस्थाका सदस्यहरु उपस्थित भै आवश्यक सहयोग गर्ने।
- संस्थाका कुनैपनि सदस्यको घरमा शुभकार्य पर्दा सहयोगको आवश्यकता परेको जानकारी दिएमा संस्थाले सक्दो सहयोग उपलव्ध गराउने ।
- यस संस्थाका सदस्य परिवारको मृत्यु भएमा घाट खर्चको लागि साधारण सभाले निर्धारण गरे अनुसारको आर्थिक सहयोग प्रदान गर्ने ।
विकास निर्माण कार्यः
- स्थानीय निकाय र स्थानीय जनसमुदायको समेत सहयोग लिई यस क्षेत्रमा ढल-निकास, कुवा-धारा, मठ-मन्दिर, पाटी-पौवा, बाटो-घाटो, शौचालय आदि निर्माण गर्ने र तिनको आवश्यक संरक्षण र मर्मत संभार गर्ने ।
- का.म.पा. वडा नं. ३ ले यस क्षेत्रमा सन्चालन गर्ने अन्य विकास निर्माणका कार्यक्रमहरुमा उपभोक्ता समितिको रुपमा संस्था संलग्न भै सहयोग गर्ने ।
- यस क्षेत्रमा रहेका मठमन्दिरहरुको जीर्णोध्दार मर्मत सभार गर्ने ।
धार्मिक कार्यः
- यस क्षेत्रका वासिन्दाहरुले वाषिर्क रुपमा परापूर्वदेखि सन्चालन गर्दै आएको यसै क्षेत्रका ६ वटा मन्दिर - श्री शनिश्चर, श्री चुनदेवी, श्री भैरव, श्री गणेश, श्री कुमारीमा वली चर्ढाई र श्री सरस्वतीमा बिनावली पूजाआजा गर्ने ।
- चतुर्मास पुराण लगाउने र आवश्यकता अनुसार अन्य धार्मिक क्रियाकलाप सन्चालन गर्ने तथा राष्ट्रिय चार्डपर्वका कार्यक्रमहरु सन्चालन गर्ने ।
- सामुहिक रुपमा धार्मिक एवं वैदिक संस्कारका कार्यहरु सन्चालन गर्ने ।
- यस क्षेत्रमा रहेका श्री गणेश सरस्वति कुमारी मन्दिरको दैनिक पूजा गर्ने ।
शैक्षिक तथा वौध्दिक कार्यः
- यस संस्थाका आर्थिक अवस्था कमजोर भएका सदस्य परिवारका बालवच्चाहरुलाई अध्ययन गराउन नसक्ने भई संस्थामा अनुरोध गरेमा छात्रवृत्तिको व्यवस्था गर्ने ।
- विभिन्न प्रकारका सीपमूलक तथा ज्ञान मूलक तालिमहरु प्रदान गर्ने ।
- विध्यालय स्तरीय कविता प्रतियाेगिता गर्ने ।
सम्मान कार्यक्रमः
- जेष्ठ सदस्य विध्यार्थी सामाजिक क्षेत्रमा उत्क्रिष्ट कार्य गर्ने व्यक्तित्वहरुलाइ सम्मान गर्ने ।
महिला सीप विकास कार्यक्रमः
- महिला सीप विकाससंग सम्वन्धित कार्यक्रमहरु सम्वद्ध संस्था, निकाय समेतको सहयोग लिई सन्चालन गर्ने ।
जनस्वास्थ्य र वातावरण संरक्षण कार्यः
- स्थानीय स्तरमा सरसफाईका कार्यक्रमहरु सन्चालनगर्ने ।
- वातावरणसंग सम्वन्धित विविध कार्यक्रमहरु प्राथमिकताकासाथ सन्चालन गर्ने ।
विविध कार्यः
- यस क्षेत्रका र्सार्वजनिक जग्गाको संरक्षण गर्ने ।
- स्थानीय सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने ।