यस चुनदेवी सहयोगी संस्थाले सन्चालन गर्ने वार्षिक कार्यक्रमहरुको अलावा संस्थाको भावी कार्यक्रम निम्नानुसार रहेको छ -

१‍.  सार्वजनिक स‌स्कार स्थल र सामुदायिक भवन निर्माण तर्फ :

यस संस्थाले यस क्षेत्रको उत्तर सिमानाको महापुर मार्ग र सामाखुसी खोलाको सिमानास‌ग जोडिएको तत्कालिन २२ख को कि. नं  २०५ को सार्वजनिक जग्गा  संस्थालाई संरक्षण र सार्वजनिक प्रयोजन हुने गरी व्यवस्थापन गर्न सम्वन्धित निकायबाट यस संस्थाको माग वमोजिम संस्थालाई उपलव्ध गराए अनुसार यस संस्थाले यस क्षेत्रका जनसमुदायको लागि (सार्वजनिक प्रयोजनको लागि) सामाजिक, धार्मिक तथा सस्कारिक स्थल र सामुदायिक भवनको आवश्यक भएको महशुस गरी सस्थाले सार्वजनिक प्रयोजन हुने गरी निम्नानुसारको निर्माण कार्य गर्नको लागि भिर पाखोको रुपमा रहेको सो जग्गामा चेकड्यामहरु निर्माण गरी संरक्षण गर्दै आएको छ र निकट भविष्यमा सस्थाले निम्नानुसारका निर्माण कार्य गर्ने गरी गुरुयोजना तयार गरी रहेको छ ।

  • जग्गा र माटो संरक्षणको लागि खोलासम्म चेकड्याम निर्माण गर्नु पर्ने :-  (यस स‍स्थाले लाखौ लगानी गरी  विगत १० वर्ष देखि ठाँउ ठाँउमा चेकड्याम निर्माण  कार्य गरीरहेको र यसवाट माटो वगेर जाने र भूस्खलन हुने कार्य रोकिन गएको स्थानमा पहिलो चरणको काम अन्तर्गत कामपा को सहयोगमा कामपा बाटै  किरियापुत्री भवन निर्माणको काम आ व २०७८।७९ मा सम्पन्न भै दोश्रो चरणको काम अगाडि वढी रहेकाे छ । (२०८०।४।१) 

  • जग्गाको सिमाना कायम गरी क्षेत्रफल यकिन गर्नु पर्ने ।

  • महापुर मार्गबाट सामाखुसी खोलासम्म आवश्यक स्थानहरुमा सिँढीहरु वनाई गोरेटो बाटोहरु बनाउने र सो बाटोमा ढुङ्गा विछ्याउने कार्य गर्ने ।

  • पानीको श्रोतहरुको पहिचान गरी मूल व्यवस्थापन गर्ने र साना साना ट्यांकी निर्माण गर्ने ।

  • ढुङ्गेधारा निर्माण गर्ने ।

  • सानो  पोखरी बनाइ शिवलिङ्ग सहित शिव पाञ्चायन देवताहरु स्थापना गर्ने ।

  • ढल निकासको व्यवस्था गर्ने ।

  • हिन्दु सस्कार अनुसार मरेको दिनदेखि १३ दिनसम्म गरिने काजक्रिया स्थलसहीतको किरियापुत्बरी भवन बनाउने । (यो काम सम्पन्न भै सकेको)

  • दुईसय जनासम्म अट्ने सामुदायिक हल निर्माण गर्ने ।

  • धार्मिक कार्यको लागि आवश्यक पर्ने बोट विरुवाहरु लगाउने ।

  • जग्गाको सिमानामा तारवार गर्ने ।

  • बाँकी खाली ठाँउहरुमा वृक्षरोपण गरी हरियाली कायम गर्ने ।

                                  जग्गाको अवस्था

२‍. मठमन्दिर संरक्षण तथा पुन: निर्माण तर्फ:

  •  भैरव मन्दिर जीर्णोद्धार गर्ने ।  (यो काम आ‍ व २०७८।७९ मा सम्पन्न भै सकेको)

  • यस स‌स्थाको कुल पुजा गरीने स‌सारी देवी पूजा स्थान निर्माण तथा व्यवस्थापन ।

  • श्री गणेश मन्दिरमा तामाको छाना लगाउने  (का म पा ३ वडावाट यो काम आ व २०८० असारमा सम्पन्न गरिदिएको )