संस्थाको अन्य संस्था तथा निकायसंगको सम्वन्धः

कुनैपनि सामाजिक संस्था एक्लै केही गर्न सक्तैन । यस क्षेत्रमा यस संस्थाको स्थापना पछि स्थापना भएका यसै प्रकारका अन्य संस्था र स्थानीय क्षेत्रमा रहेका अन्य संस्था जस्तै – सहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, नर्सिङ परिषद, स्वास्थ्य व्यवसायी परिषद, नेपाल मेडिकल काउन्सिल, का.म.पा. ३ वडा समिति, बाँसबारी क्लव, वडा प्रहरी कार्यालय, सामुदायिक प्रहरी, विद्यालयहरु जस्ता सरकारी गैह्र सरकारी निकायहरु संग सुमधुर र सहयोगात्मक सम्वन्ध कायम गर्ने संस्थाको नीति रहेको छ । तदनुरुप नै अन्य संस्था निकायको कार्यमा आफ्नो सहभागितार आफ्ना विविध क्रियाकलापहरुमा अन्य संस्थाको सहयोग जुटाउने प्रक्रियालाई अगाडि वढाएको कारण सवै संस्था र निकायसंग यस संस्थाको सदा सुमधुर सम्वन्ध रहँदै आएको छ ।