सारांशमा भन्नु पर्दा संस्थाको स्थापना सामाजिक तथा विविध समस्याहरुलाई संगठित रुपमा समाधान गर्न अग्रसर हुने उद्देश्यले भएको हो । निश्चित आय श्रोत नहुनु तथा संस्थाका सदस्य खास गरी कार्यकारिणी नै हरेक काममा खटिनु पर्ने कारण विविध कार्य गर्न पूरा समय दिन नसकिने जस्ता बाध्यताले गर्दा सोचे अनुरुप कार्य गर्न नसके पनि संस्थापना समयदेखि आजसम्म पुग्दा यस संस्थाले क्रमिक रुपमा आफ्ना क्रियाकलापलाई वढाउदै लगेको छ । आज आएर संस्थाले प्रौढता हासिल गर्दै गएको कारण श्रोत साधन भएमा जुनसुकै जिम्मेवारी पूरा गर्न सक्ने अवस्थामा पुगेको छ । पूर्खाका धरोहरको रुपमा रहेको धर्म, संस्कार र संस्कृतिको संरक्षण र सर्म्वर्धन गर्दै वर्तमानका जल्दाबल्दा समस्याहरुको समाधानमा समेत यस संस्थाका क्रियाकलापहरु अग्रसर रहेका छन् । संस्थाले स्थापना कालदेखि नै टोलवासीको न्यानो माया ममता प्राप्त गरिआएको छ । भविष्यमा पनि आफ्ना क्रियाकलापलाई समाजको बृहत्तर भलाईमा केन्द्रीत गराउने उद्देश्य संस्थाले राखेको छ । संस्थाको क्रियाकलापमा विगतमा झै सम्पूर्ण टोलवासीको सहयोग उपलव्ध भै रहने कुराको अपेक्षा गर्नु अझ वढी सान्दर्भिक ठहर्ला ।